काठमाडौँ - इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन्। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ। ९ खेलमा ४ मा जित र ५ मा हार बेहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौ स्थानमा रहँदा ९ खेलमा ५ मा जित र ४ मा हारेको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छन्।