भारत। लामो समयको अफवाह,चर्चा-परिचर्चापछी अन्ततः बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री केटरीना केफ वैवाहिक बन्धनमा बाँधिएका छन्। बिहीबार भारतको माधोपुरस्थित सिक्स सेन्स पोर्ट बर्वारामा वैवाहिक कार्यक्रम आयोजना भएको थियो। जोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहका केहि तस्विरहरू सार्वजनिक गरेका छन्। साथै आफ्ना प्रशंसकहरुलाई विवाहको आधिकारिक जानकारी दिँदै दुवैले खुशी व्यक्त गरेका छन्। उनीहरुको उक्त पोस्टमा अहिले बधाई दिनेहरुको ओइरो लागेको छ। विवाह स्थानीय समयअनुसार साँझ ५ बजे भएको थियो।


