काठमाडौँ। लोकदोहोरि गीत 'डाली पलाऊनि (जोडी मरेको २)' सार्वजनिक भएको छ। गीतमा राजु परियार, खिम विश्वकर्मा, शान्ती श्री परियार, समिक्षा अधिकारीको आवाज रहेको छ भने डिय.आर सुजन, गोविन्द पराजुली, रुपी सिन्जाली मगर, प्रेमा राना मगरको कोरस आवाज रहेको छ। त्यसैगरि डि.आर सुजनको शब्द तथा संगीत रहेको छ भने बिनोद बाजुरालीको संयोजन रहेको छ।
गीतको भिडियोमा डि.आर सुजन, जी.बि चिरन, रोशनी कार्की, स्मारिका ढकाल, सुरवीर पण्डित, दमन रुपाखेती आदि कलाकारहरुको अभिनय रहेको छ। डि.आर सुजनको कथा, कन्सेप्ट तथा निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'केपी म्युजिक'बाट सार्वजनिक गरिएको हो।
भिडियो: