झापा - १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा अर्जुन धाराबाट एक युवकलाई पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका–६ पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।