राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : राणा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले राणाले आफूहरू सरकारमा जाने कुरा हल्ला मात्रै रहेको दाबी गरेका छन्। 

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी सरकारमा जाने हल्ला मात्रै हो। यो आरोप लागेको छ। यसमा कुनै सत्यता छैन। हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो। हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन? भनेर पनि नेतासँग सोध्यौँ। तर, उहाँहरूले त्यस्तो नभएको बताउनुभयो। समिति भनेको संसद्को हो। एउटा समितिको सभापति पाएको हो।’ 

उनले संघ र प्रदेश कतै पनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे। उनले भने,‘हामीले अहिले सरकारमा जाने गरी छलफल गरेको पनि छैन। जाने मनस्थितिमा पनि छैनौँ।’

नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाएका छन्। उनले चिनियाँ राजदूतलाई कूटनीतिक मान र मर्यादामा रहेर मात्र कुरा गर्न चेतावनी दिए। उनले भने,‘म यही क्लबबाट म चिनियाँ राजदूतलगायत सबैलाई आह्वान गर्न चाहन्छु–कूटनीतिक मान, मर्यादामा रहेर मात्रै कुरा गर्नुहोस्। हाम्रो सम्बन्ध हामी कुनै देशसँग बिगार्न चाहँदैनौँ। नेपाल सरकारलाई पनि के आग्रह गर्न चाहन्छु भने कहीँ कतै त्यस्तो देखियो भने तुरुन्तै हामीले अब्जेक्शन र नोट पठाइहाल्नुपर्छ। कोही रिसाउला, कोही खुसाउँला। कसले मन दुखाउला या हाम्रो योजना बिगार्ला भन्ने सोच्नुहुँदैन। त्यस्तो गर्दै गयौँ भने झनझन हामी खाल्डोमा पर्छौँ।’

सो क्रममा उनले चिनियाँ पक्षले तातोपानी नाका खोलेकोमा भने खुसी व्यक्त गरे। राणाले भारतीय सरकार र नेपालस्थित राजदूतावासलाई नेपाली सवारी साधन भारत जाँदा सुविधा दिन पनि आग्रह गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×