कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद सजाय

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन् । अदालतका श्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए । यस मुद्दामा कुल ११ जना प्रतिवादी रहेकोमा चारजनालाई जन्मकैदको सजाय तोकिएको हो । एक जनालाई भने अदालतले सफाइ दिएको छ । श्रेस्तेदार ढोडारीका अनुसार मुक्ति साहले सफाइ पाएका हुन् । यस्तै ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×