संस्थापनसँग महतको सहकार्य; नुवाकोटमा देउवालाई बल, केसीपक्ष कमजोर

काठमाडौँ । नुवाकोटमा संस्थापनइतर नै एक हुन नसक्दा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन्। केन्द्रीय नेता अर्जुनरसिंह केसी र डा. रामशरण महत केन्द्रमा एउटै पक्षमा रहेपनि गृह जिल्लामा एक आपसमा भिडेका छन्। महतले जिल्लामा देउवा पक्षलाई सहयोग गर्दा केसी पक्षका उम्मेदवार पराजित भएका हुन्। 

वडा तहदेखि सहकार्य गरेका महतले प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला सभापतिमा संस्थापनसँग गठबन्धन बनाएका छन्। महत पक्षको सहयोगले प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संस्थापन पक्षले जित निकालेको छ। महतले तल्लो तहका अधिवेशनमा संस्थापन पक्षलाई सघाएर जिल्ला नेतृत्वमा आफ्नो पक्षलाई विजयी गराउने रणनीति बनाएका छन्। 

देउवा पक्षले सभापतिमा रमेश महतलाई समर्थन गर्ने भएको छ। उनी डा. रामशरण महत निकट हुन्। केन्द्रमा महत दाजुभाइ भिन्नाभिन्नै समूहमा भएपनि जिल्लामा सहकार्य गरेका छन्। जिल्ला सभापतिमा उठ्न लागेका महतलाई डा. प्रकाशशरण महतले साथ दिएका छन्। जिल्ला सभापतिको उम्मेदवार महतसँग महत दाजुभाइकोे पारिवारिक सम्बन्ध छ। केसी पक्षबाट डा .केदारनरसिंह केसी सभापतिको उम्मेदवार बन्ने भएका छन्। केसी पक्षबाट सभापतिको उम्मेद्वार बन्न लागेका केदारनरसिंह केसी चिकित्सक समेत हुन्। नेता अर्जुननरसिंह केसीका सहोदर भाइ समेत हुन्।

नुवाकोट १ मा ध्रुव श्रेष्ठले संस्थापन पक्षबाट विजयी भए। नेता रामशरण महतले पनि उनलाई सहयोग गरेका थिए। नुवाकोट २ मा जलक तामाङ विजयी भए। तामाङ पनि देउवा पक्षबाट विजयी भएका छन्। वडा तहदेखि महत पक्षले संस्थापनसँग गठबन्धन बनाएपछि केसी पक्षका उम्मेदवारले पराजय भोगको छन्। 

प्रदेश सभाका चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। नुवाकोटको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ’क’ देउवा समूहका सुशिल खड्काले अर्का उम्मेदवार सिंह पक्षका सरोज केसीलाई पराजित गरे। नेतृत्व गरेको समूहकोलाई पराजित गर्दैे जितेका छन् । प्रदेश १ ‘ख’ मा रामजी पौडेलको प्यानलले केसी निकट उम्मेदवार ऋषिकुमार तामाङको प्यानलाई नै पराजित गरेको छ। 

नुवाकोट २ को पनि दुबै प्रदेश सभा क्षेत्रमा देउवा पक्षले जीत निकालेको छ। बैकुण्ठबहादुर पाण्डेको प्यानलले निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा अक्कलबहादुर ढुंगानालाई पराजित गर्‍यो । २ ‘ख’ मा गणेशमान तामाङले केसी पक्षका आतमसिंह तामाङलाई पराजित गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×