कोरोना अपडेट : २७१ सङ्क्रमित थपिए, एकको मृत्य

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप २७१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा १० हजार ८८६ को पीसीआर परीक्षण गरिएको थियो।

  योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १५१ पुगेको छ। पछिल्लो समय थप २२५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८६ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। पछिल्लो समय पाँच लाख ६८ हजार ३१९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३१ छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×