गुल्मीका राजनीतिक दलका नेताहरूसँग सहरी विकास मन्त्री झाँक्रीकाे भेटघाट

गुल्मी । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले गुल्मी जिल्लाका राजनीति दलसगँ भेटघाट गरेकी छन्।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको पार्टी कार्यालय उद्घाटन लगायत जिल्लाको भ्रमणमा रहनु भएकी मन्त्री झाक्रीले गुल्मी जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसगँ विहिवार भेटघाट गरेकी हुन्।

राजनीतिक दलका तर्फबाट गणेश खनाल,हरि न्यौपाने, घनश्याम पाण्डे,चन्द्र वहादुर महत,अखिलेश्वर पाण्डे,ठाकुर पाण्डे, अनिल कक्षपति, जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी लगायतका नेताहरुले वोल्दै शहरी विकास मन्त्रालय लगायत अन्य मन्त्रालयवाट योजनाहरु पर्ने तर समयमा सम्पन्न नहुने,वुटवल पाल्पा,तम्घास सडकको अवस्था,रेसुङ्गा विमानस्थल, विभिन्न वस्तीहरुलाई नमुना वस्ती निर्माणा गर्नुपर्ने, सालझण्डी तम्घास सडक निर्माणकार्यलाई तिव्रता दिन आग्रह गरेका थिए । साथै उनीहरुले गुल्मेली चेली मन्त्री भएकाले जिल्लामा विकास निर्माण कार्यले गति लिने अपेक्षा समेत गरेका थिए 

राजनीतिक दलका नेताहरुले राखेका जिल्लाका समस्याको वारेमा वोल्दै सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफ्नो मन्त्रालयवाट जिल्लामा हुने धेरै  विकास निर्माणका कामहरु अगाडि बढेको बताइन् ।

राजनीतिक दलका नेताहरूले राखेकाे सुझाव लगायत विकास निर्माणका योजनाहरु अति सान्दर्भिक रहेका छन् मन्त्रीले भनिन्, 'म जिल्लामा केही देखिने गरि काम गरेर देखाउने योजनाका साथ लागेकी छु ।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×