न्यूकासलसँग घरेलु मैदानमै हार्‍यो टोटनहम

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम न्यूकासल युनाइटेडसँग पराजित भएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा टोटनहम न्यूकासलसँग २-१ गोल अन्तरले पराजित भएको हो।

खेलको ३१ औँ मिनेटमा न्यूकासलका कलुम विल्सनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपछि खेलको ४० औँ मिनेटमा मिगुइल अल्मिरोनले गोल गर्दै न्यूकासलको अग्रता दोब्बर पारेका थिए।

न्यूकासलले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। खेलको ५४औँ मिनेटमा टोटनहमका लागि ह्यारी केनले गोल गर्दै अग्रता २-१ मा झारेका थिए। तर, बाँकी समयमा गोल गर्न नसक्दा खेल न्यूकासलले २-१ ले जित्यो।

जितसँगै न्यूकासल १२ खेलबाट २१ अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ। हारसँगै टोटनहमले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी मौका गुमाएको छ। टोटनहमको १२ खेलबाट २३ अंक छ र लिगको तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×