काठमाडौँ - अमेरिकामा रहेका नेपाली मूलका प्राध्यापक कैलाश घिमिरेले 'आमा' बोलको गीत बजारमा ल्याएका छन्।
गीतमा राज सिग्देलको स्वरमा रहेको छ भने राजेश थापाको संगीत रहेको छ। गीतको शब्द घिमिरेको हो। 'नदेख्न पाउँछु, नभेट्न पाउँछु केवल तस्बिर हेरी चित्त बुझाउँछु' बोलको यो गीतमा एनिमेशनमार्फत् भिडियो प्रस्तुत गरिएको छ।
२०५९ सालमा निधन भएकी आमाको सम्झनामा घिमिरेले यो गीतको रचना गरेका हुन्। यसअघि घिमिरेको २०७७ कात्तिकमा ‘पुतली’ नामक गीत र २०७८ असारमा पसिनाले अरब सिच्दा बोलको गीत सार्वजनिक भइसकेको छ।