प्रवासी युवाद्वारा वसुन्धराको परिवारलाई आर्थिक सहयोग

काठमाडाैं । प्रवासमा रहेका युवाले यहाँको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा जापानमा रहेका युवाले गलकोट नगरपालिका–७ आँगाखेतकी वसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । 

विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट–७ मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा सङ्कलित रकम हस्तान्तरण गरिएको हो । उनीहरुले रु तीन लाख ४५ हजार केसी परिवारलाई हस्तान्तरण गरेका थिए । वडाध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हीराबहादुर थापाले केसी परिवारलाई संयुक्तरुपमा रकम हस्तान्तरण गरे । 

जापानमा रहेका मल्मबासीसँगै गलकोटे नागरिकले आफूसक्दो आर्थिक सहयोग गरेका थिए । मृतक केसीको कलेजो, मिर्गौला र टाउकामा जटिल समस्या थियो । केसीको उपचारमा सहयोग गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर सङ्कलन भएको रकम उहाँको मृत्युपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग सङ्कलनकै क्रममा उपचारमा रहेकी केसीको मृत्यु भएकाले जीवनरक्षाका लागि गरेको प्रयास असफल भएको प्रकाशले बताउनुभयो । विदेशमा सङ्कलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । उपचारकै क्रममा केसीलाई समाजका तर्फबाट रु २५ हजारसहित संस्थाका पदाधिकारीले रु ९६ हजार सहयोग गरेका थिए । बाँकी रकम १३ औँ दिनको पुण्यतिथिमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडकबहादुर थापाले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×