म्यान्मारको सैनिक अदालतद्वारा जापानी डकुमेन्ट्री निर्मातालाई १० वर्षको जेल सजाय

काठमाडौँ - म्यान्मारको एक अदालतले जापानको डकुमेन्ट्री फिल्म निर्मातालाई १० वर्षको जेल सजाय सुनाएको छ। २६ वर्षीय टोरु कुबोटालाई
देशद्रोहको आरोपमा ३ वर्ष र विधुतीय संचार कानुन उलंघन गरेको आरोपमा ७ वर्ष गरी कूल १० वर्षको सजाय सुनाएको हो।

उनी पहिलोपटक गत जुलाइमा सरकार विरोधी र्यालीका क्रममा पक्राउ परेका थिए। उनीमाथि अध्यागमन कानुन उलंघन गरेको आरोप पनि छ। जुन अर्को हप्ता सुनुवाइ हुने भएको छ।

जापानी समाचार एजेन्सी क्योडोका अनुसार म्यानमार सरकारले तोरु पर्यटक भीसा प्रयोग गरेर छिमेकी मुलुक थाइल्याण्डबाट म्यान्‍मार प्रवेश गरेको दावी गरेको छ। यसबाहेक उनले २०२१ मा सरकार विरोध प्रदर्शनमा पनि भाग लिएका थिए।

उनले रोहिंग्या अल्पसंख्यकहरुको बारेमा पनि रिपोर्ट गर्ने गरेको पाइएको समाचार बीबीसीमा उल्लेख गरिएको छ। म्यान्‍मारमा सैनिक विद्रोहपछि राजनीतिज्ञ, कार्यकर्ता र पत्रकारसहित १५ हजार बढि व्यक्तिलाई पक्राउ गरिएको अनुमान गरिएको छ।

म्यान्‍मार सेनाले २०२१ मा प्रजातन्त्रवादी नेतृ आङ सान सूकीको सरकारलाई पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×