कमल संघर्षको गजलसंग्रह ‘खुडी’ सार्वजनिक

काठमाडौँ - पछिल्लाे पुस्ताका चर्चित गजलकार कमल संघर्षको नयाँ गजलसंग्रह ‘खुडी’ सार्वजनिक गरिएको छ।

शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमका बीच खुडी विमोचन गरिएक हो। विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल अध्येता डा. दीपक कुमार खड्काले खुडीमाथि समिक्षात्मक टिप्पणी गरेका थिए।

नेपाली गजल साहित्यका चर्चित श्रष्टा संघर्षको खुडी दोस्रो गजलकृति हो। पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत २०७० (संयुक्त गजलसंग्रह), सडक २०७३ (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन्।

सडक सर्वाधिक बिक्रि भएको गजलसङ्ग्रह हो। प्रथमपटक रचनावाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको छ। ‘खुडी’ सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँहरूमा प्रचलित शब्द हो। जसको अर्थ ‘पिँजडा’ भन्ने हुन्छ।

प्रकाशक शिखा बुक्सका प्रमुख पुस्पराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पूर्ण रावलले स्वागत मन्तव्य राखेका थिए कार्यक्रमको सञ्चालन समालोचक भरत रोदनले गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×