श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेका छन्: ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अहिले प्रतिक्रिया र प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर दुलाबाट टाउको उठाएर फेरि सलबलाउन खोजेको बताएका छन् । ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले हामी देखिरहेका छौं, उहिले राजतन्त्र थियो । अहिले शालिक बनाएर श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको छ ।

गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको बताए। उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए।

‘अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ। गणतन्त्रको विरोध गर्ने, त्यो दुस्साहसी काम भइरहेको छ। लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ। तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×