माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसको ११ देखि १३ गतेसम्म हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन यही पुसमा हुने भएको छ।

पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

पार्टी सदस्य संख्या अहिलेसम्म सात लाख छ हजार कटिसकेको जानकारी गराउदै महराले यो संख्या अझै थपिने बताए । माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने तयारी गरेको छ।

माओवादीले वडा अधिवेशनहरू सफलताका साथ सकिएको दाबी पनि गरेको छ। माओवादीले पालिका अधिवेशनहरू पनि गरेको थियो। एक–दुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने महराले बताए । 

यही मंसिर २५ मा प्रदेश अधिवेशन गर्ने तयारी माओवादीको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×