काठमाडौँ - महात्मा गान्धीको १५३ औं जन्मजयन्तीको अवसर पारेर नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बेलायतको लण्डनमा दिइने अन्तर्राष्ट्रिय स्तरको अवार्ड नेपालका यूवा मानवअधिकारकर्मी एवम् अधिवक्ता गणेशप्रसाद घिमिरेलाई दिइएको छ। उनले गान्धी नोवेल पिस अवार्ड-२०२२ राजधानीमा एक समारोहका बीच प्रदान गरेका हुन्।
पूर्वउपराष्ट्रपति झाले अधिवक्ता घिमिरेलाई बधाई दिँदै नेपालका हरेक मानिस हरेक विधामा सक्षम र लोकप्रिय रहेको बताउँदै नेपालमा मानवअधिकार र शान्तिको क्षेत्रमा युवाले धेरै काम गरेको कुरामा जोड दिएका छन्।
उनले भने, ‘जसरी महात्मा गान्धीले अंहिसाको माध्यमबाट संसारमा शान्ति फैलाउनु भयो। यो नै सबैभन्दा ठूलो कुरा हो। आज पनि हामी गान्धीजीको महान्वाणीलाई स्मरण गर्दै समाजमा राम्रो काम गरिरहेका छौं।’अंहिसाको माध्यमबाट मानवअधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्याएकोमा विश्वभरका व्यक्तिहरुलाई दिइने उत्कृष्ट वार्षिक पुरस्कार हो।
बेलायतको विश्व हिन्दू केन्द्र, साउथ हल, लण्डनमा गत जुलाई २७ तारिखका दिन भव्य समारोहको बीच यो पुरस्कार प्रदान गरिएको थियो। अधिवक्ता घिमिरे विशेष कारणले लण्डन जान नसके पनि उनलाई नेपालमै गान्धी नोबेल पीस अवार्ड-२०२२ प्रदान गर्न पाउँदा आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपाललगायत अध्यक्ष डा. लालबहादुर रानाले खुशी भएको बताए का छन्। विश्वका २६ देश विशिष्ट व्यतित्वहरुलाई यो अवार्ड प्रदान गरिएको थियो।
त्यसैगरी गान्धी नोबेल पिस अवार्ड-२०२२ बाट सम्मानित भएपछि अधिवक्ता एवं युवा मानवअधिकारकर्मी घिमिरेले नेपालमा २१ वर्षदेखि मानवअधिकार, सामाजिक न्याय र शान्तिका क्षेत्रका गरेको कामको मूल्याकंन भएको आफूलाई भान भएको र अझ आगामी दिनमा यस क्षेत्रमा सक्रिय भएका काम गर्न हौसला मिलेको बताएका छन्।
आफूलाई यो अवार्ड लण्डनमै गएर लिन नपाउँदा अलिक खल्लो भए पनि आफ्नै देशमा प्राप्त गरेको सगौरब लागेको बताएका छन्।