काठमाडौँ - दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन्।
एक ट्वीटमा स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छिन्। स्वाती मालिवालका अनुसार पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो।
बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप छ। यस विषयमा केन्द्रीय विद्यालय संगठनको क्षेत्रीय कार्यालयले पनि छानबिन गर्ने जनाएको छ। दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको जनाएको छ।