जेभियर र नाथमलाई बास्केटबलको उपाधि

काठमाडौँ - जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। जेभियर पुरुषमा र नाथम महिलामा च्याम्पियन बने। पुरुषतर्फको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो। जेभियरका रवि पौडेलले १७ स्कोरको योगदान गरे।

उपाधिसँगै जेभियरले ५० हजार र उपविजेता गोल्डेनगेटले ३० हजार रुपैयाँ प्राप्त गरे।

महिलातर्फको उपाधि भिडन्तमा नाथमले शुभश्रीलाई ३२–७ ले हराएको हो। नाथमकी झरना बज्राचार्यले फाइनलमा सर्वाधिक १३ स्कोर गरेकी थिइन्। महिलातर्फ नाथम नयाँ विजेता बनेको छ।

पछिल्लो चार संस्करणको उपाधि जेभियरले जितेको थियो। जेभियर पाँचौँ संस्करणमा सहभागी भएन भने नाथम पहिलोपटक प्रतियोगितामा सहभागी भएको हो। पुरुषतर्फ जेभियरका तेन्जिङ सोनाम भुजेल र महिलामा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×