‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

काठमाडौँ - बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ। 

पछिल्लो समय जानकी–६ स्थित गनापुरमा  ६३  उद्योग स्थापना भएका छन्। नेपालगञ्ज औद्योगिक क्षेत्रमा  ३० उद्योगमात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन्।पछिल्लो समय नयाँ–नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए। गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उनले बताए।

“नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ। पाइहाले पनि महङ्गो पर्ने गर्दछ। यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ”, उनले भने, “त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ।”

सो क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ। गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन्। गनापुरमा सञ्चालनमा आएका उद्योगलाई मध्यनजर गर्दै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको छ। उद्योगसम्म पुग्ने सडकलाई विस्तार गर्दै उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको कार्यवाहक अध्यक्ष धितालले बताए।

गनापुरबाट गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज जोड्ने सात किलोमिटर सडकलाई विस्तार गरी सात मिटर फराकिलो पक्की सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको उने बताए। बाँकेको जानकी गाउँपालिका–५ मा दैनिक ७०० मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग थपेको छ।  

पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×