डी योङ बेच्ने कुरामा बार्सिलोना अझै अन्योलमा

काठमाडौँ - नेदरल्यान्ड्सका मिडफिल्डर डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल भएको छ। बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीच डी योङलाई बेच्ने कुरामा अझै अन्योलता छाएको छ।

बीबीसीका अनुसार युनाइटेडले डी योङले किन्न ६४ मिलियन पाउन्डको अफर गरेको थियो। बार्सिलोनाले उक्त अफरलाई स्वीकार गर्ने चर्चा चलेको थियो।

पछिल्लो समय बार्सिलोनाले डी योङलाई बेच्न मेहनत गरिरहेको छ। क्लब आर्थिक समस्यामा परेको हुँदा उनलाई बेच्ने चर्चा चलेको हो। सन् २०१९ मा डच क्लबबाट उनी बार्सिलोनामा गएका थिए।

उनले बार्सिलोनामा ९८ लिग खेल खेलेर ८ गोल गरेका छन्। डी योङले नेदरल्यान्डका लागि ४४ खेल खेलेर १ गोल गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×