सलमानको ‘अन्तिम’ भोलीबाट सिनेमाघरमा

काठमाडौँ। बलिउड अभिनेता सलमान खानको आउँदो चलचित्र ‘अन्तिम’ भोली शुक्रबार (नोभेम्बर २६) बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रलाई गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले महँगो रकम तिरेर नेपाल भित्र्याएको छ। खबरका अनुसार चलचित्रलाई नेपाल ल्याउन एक करोड ३५ लाख तिरिएको छ। चलचित्र नेपालमा १२५ वटा सिनेमाघरहरुमा प्रदर्शन गरिनेछ। जी स्टूडियोले निर्माण गरेको चलचित्र महेश मान्जरेकरले निर्देशन गरेका हुन्। चलचित्रमा सलमान खानका ज्वाईं आयुष शर्मा पनि मुख्य भूमिकामा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×