काठमाडौँ - माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ।
लुगामा आगो सल्किन गई मृतकको घुँडा भन्दामाथिको भाग जलेको बताइएको छ। उपचारका क्रममा उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए।
कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ।