भागीरथ चलाउनेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौँ - हिन्दू महिलाहरुको पर्व तीज आउन झण्डै डेढ महिना बाँकी रहँदा युट्युब च्यानलहरु तीज गीतले भरिन थालेका छन्। कलाकारहरुले तीजलाई लक्षित गर्दै गीत सार्वजनिक गर्ने क्रमले तीव्रता पाएको छ।

यसैबीच गायक भागीरथ चलाउनेले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘झमझम झुम्काना’ले युट्युबमा राम्रो भ्युज पाएको छ। यो गीत अहिले युट्युबमा नेपाल ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ।

गीतलाई अहिलेसम्म ७ लाख ४५ हजार बढी पटक हेरिसकिएको छ। गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने बोमबहादुर गाहा मगरले शब्द रचना गरेका छन्। लय गायक चलाउनेकै रहेको छ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा भागीरथ र गीता ढुंगाना फिचर्ड रहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×