काठमाडौँ- सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दस जना नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने भएका छन्। ‘द ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो।
उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।
कन्सर्टमा नेपाली कलाकारहरु सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सञ्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेशकुमार श्रेष्ठ र समीर श्रेष्ठले प्रस्तुति दिने भएका हुन्।
एलओडीमा हुने कन्सर्टको टिकट मूल्य पाँच हजार रुपैयाँ राखिएको छ। सो टिकट खरिद गरेपछि जेठ १४ गते दशरथ रंगशालामा हुने कन्सर्टमा पनि भाग लिन पाइने बताइएकाे छ।