नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

काठमाडौँ - नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न। तर महानगरले भने सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सुधार आयोजनाले गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टलाई पछ्याएर भूमिगत टुकुचा खोतल्न सुरु गरेको छ। 

नापीनक्सा नै भएको भूमिगत टुकुचाको कसरी पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट तयार भयो ? महानगरपालिकाले भूमिगत टुकुचा खोला खुला गर्न सुरु गरेपछि यो प्रश्न उठेको छ। 

सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन गरेको हो। आयोजनाले टुकुचाको पानीको मात्रा मापन गर्ने प्रयोजनका लागि मात्र पूर्वसम्भाव्यता अध्ययन गरी रिपोर्ट तयार गरिएको प्रष्ट पारेको छ। 
नागरिक दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×