नेपथ्यले कात्तिक तेस्रो साता दुबईमा कन्सर्ट गर्ने

काठमाडौँ - चर्चित लोकरक ब्याण्ड नेपथ्यले कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ। आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको हो।

सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो। ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोसेली बोकेर हामी आउँदैछौं।’

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुने गरी यसपटक हामी फेरि पूरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’

कार्यक्रमको व्यवस्थापन अमृत इभेन्टले गर्ने जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×