सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौं - तनहुँको भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित सडकमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग.१ज ६३५६ नम्बरको जिप सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–२ बस्ने ४२ वर्षीय रूम बहादुर बिक र सोही गाउँपालिका–२ डेढगाउँ बस्ने ५५ वर्षीय जेमलाल दरैको जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १० जनामध्ये ४ जनाको  सोही अस्पतालमा र ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये ३ जनाको गम्भीर, ४ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको  छ । 

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा ना.६५ प ६७८९ नम्बरको मोटरसाइकल र ना.६ ख ६०१३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाईबुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका–४ बस्ने २२ वर्षीय बल बहादुर शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×