काठमाडौं, मंसिर २३ —
हालै आइपीओ जारी गरेको एसवाइ प्यानल नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीका १ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।
सूचीकृतमध्ये ६० प्रतिशत संस्थापक तथा ४० प्रतिशत सर्वसाधारण सेयर रहेका छन्। कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।
नेप्सेका अनुसार कम्पनीले पहिलो दिनका लागि १०६ रूपैयाँ ६१ पैसा देखि ३१९ रूपैयाँ ८३ पैसा सम्मको मूल्य रेञ्ज पाउनेछ। नेप्सेले कायम गरेको नियमअनुसार कम्पनीहरूलाई प्रतिसेयर नेटवर्थको तीन गुणासम्म को मूल्य दायरामा पहिलो कारोबार गर्न अनुमति दिइन्छ।
एसवाइ प्यानलको आइपीओ केही समयअघि नै सर्वसाधारणका लागि बिक्री खुलेको थियो। अब यसको दोस्रो बजारमा कस्तो मूल्यमा कारोबार सुरुवात हुन्छ भन्नेमा लगानीकर्ताहरूको ध्यान केन्द्रित भएको छ।