काठमाडौँ - पूर्वमन्त्री दिलनाथ गिरिलगायत अन्य नेताहरु राप्रपा नेपालमा प्रवेश गरेका छ्न्। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबाट उनीहरू राप्रपा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेमा पूर्वमन्त्री गिरीबाहेक राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी,नेताहरु श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ, दमन बस्नेत, सुधा जोशी, रंजिता श्रेष्ठ, दिपेश खत्री लगायतका रहेका छन्। उनीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए।