काठमाडौँ - दक्षिण भारतीय सुपरहिट चलचित्र 'कान्तारा' शुक्रबारदेखि नेट्फ्लिक्समा हेर्न सकिने भएको छ। नेट्फ्लिक्समा उपलब्ध हुने उक्त चलचित्र हिन्दी भाषामा पनि आउने अभिनेता तथा निर्देशनका ऋषभ सेट्टीले बताएका छन्।
नेट्फ्लिक्समा जारी गरिएको भिडियो क्लिपमा उनले उक्त जानकारी दिएका हुन्। सामान्य लगानीमा बनेको उक्त चलचित्रले बक्स अफिसमा कमाइका अनेक रेकर्ड कायम गरेको छ।