नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल यसअघि सिफारिस भएर आएका नाममाथि छलफल गर्दै टिकट वितरणको काममा व्यस्त छन्।
नेकपाका नेता प्रकाश ज्वालाका अनुसार पार्टीले राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ। उनका अनुसार प्रदेश तथा पार्टी संरचनाबाट सिफारिस भएर आएका नामहरूलाई अन्तिम रूप दिने प्रक्रिया चलिरहेको छ र छिट्टै उम्मेदवार टुंग्याएर निर्वाचन प्रक्रियामा पठाइनेछ।
राष्ट्रिय सभाका हालका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सदस्य हुन्। उक्त सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले पुनः मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।
बाँकी १८ सिटका लागि भने आगामी माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच उम्मेदवार चयन र चुनावी रणनीतिलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ।
नेकपाले समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट गर्ने तयारी गरेको जनाएको छ। कांग्रेस–एमाले गठबन्धनबाट अलग भइसकेको नेकपाले राष्ट्रिय सभा निर्वाचनलाई पार्टीको शक्ति प्रदर्शनको महत्वपूर्ण अवसरका रूपमा हेरेको नेताहरूको भनाइ छ।
.png)
.png)
.png)
.png)
.png)
.png)


