एमालेले गण्डकीका सांसद गुरुङलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले सांसद गणेशमान गुरुङलाई स्पष्टीकरण सोधेको छ ।
संसदीय दलले जारी गरेको ह्विप उल्लंघन गरेको भन्दै गुरुङलाई स्पष्टीकरण सोधिएको हो ।

एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए ।

संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए । गुरुङलाई पार्टीको विधानअनुसार पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टिकरण बुझाउन भनिएको नेपालीले बताए ।

‘उहाँ के कति कारणले उपस्थित हुुनुभएन । पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टिकरण बुझाउन भनेका छौं । त्यसपछि थप प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×