सिपिएलमा सन्दीपआबद्ध जमैकाको पहिलो हार

काठमाडौँ - वेस्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत सेन्ट लुसिया किंग्सविरुद्ध जमैका तल्लावाज २ विकेटले पराजित भएको छ। जारी सिजनमा जमैकाको यो पहिलो हार हो।

उसले अघिल्लो पहिलो र दोस्रो खेलमा लगातार जित हात पारेको थियो। लुसियाको भने यो पहिलो जित हो। उसले अघिल्लो २ खेलमा लगातार पराजय व्यहोरेको थियो । तेस्रो खेलमा जमैकाले दिएको १६४ रनको लक्ष्य लुसियाले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि जोनसन चार्ल्सले उत्कृष्ट पारी खेलेका थिए। ३९ बल खेलेका उनले ४ चौका र ४ छक्काको मद्दतमा ६२ रन बनाएका थिए। त्यस्तै, रोशन प्राइमसले २२, टिम डेविडले २०, डेविड भिसेले अविजित १९ र निरोशन डिकवेलाले १० रन बनाएका थिए।

त्यसअघि सेन्ट लुसियास्थित डारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। उसका लागि अलराउन्डर रेमन रेफरले उत्कृष्ट पारी खेलेक थिए।

४१ बलको सामना गरेका उनले ४ छक्का र ४ चौकाको मद्दतमा ६२ रन बनाए। त्यस्तै, इमाद वसिमले २०, ब्रेण्डन किंग र केन्नर लुइसले १९/१९ रनको योगदान दिए। लुसियाका लागि स्कट कुग्लाइनले ३, डेविड भिसेले २, जेभर रोयल र अल्जारी जोसेफले १/१ विकेट लिएका थिए।

जमैकामा आबद्ध नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आज पनि प्लेइङ-११ मा मौका पाएका पाएनन्। उनी अघिल्लो २ खेलमा पनि बेन्चमै थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×