इथियोपियामा भएको सडक दुर्घटनामा सत्रको मृत्यु

काठमाडौँ - इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ। यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन्। इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन्।

यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो। त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन।

प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको बताएको छ। सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दुर्घटनामा परी छ जनाको ज्यान गएको थियो भने अरु पाँच जना घाइते भएका थिए।

उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन्।  
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×