काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युराेपा लिगअन्तर्गत आफ्नाे पहिलाे खेलमै पराजित भएकाे छ।
उसले घरेलु मैदान ओल्ड ट्राफोटमा स्पेनिस टिम रियाल साेसिडाडसँग १-० गाेलले हारेको हो। युनाइटेडका लागि प्रतियाेगिताकाे सुरुवात खल्लाे बनेकाे छ।
साेसिडाडकाे जितमा ब्रेस मेन्डेजले ५९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गाेल गरेका थिए। जितसँगै समूह ‘ई’ मा साेसिडाडले सुरुवाती ३ अंक जाेडेकाे छ।