अर्को स्टार किड्सलाई मौका दिँदै करण जौहर

भारत। बलिउड चलचित्र निर्माता करण जौहरले बलिउडमा 'स्टार किड्स' स्थापित कलाकारका सन्तानलाई विशेष मौका दिने व्यक्तिमध्ये एक हुन् भन्दा फरक पर्दैन। उनी माथी बेला-बेला नातावादलाई प्रशय दिएको आरोप पानि लाग्ने गरेको छ। यसैबिच उनले आफ्नो प्रोडक्सन हाउसको चलचित्र 'बेधडक'मा संजय कपूर र महीप कपूरकी छोरी शनाया कपूरलाई मौका दिने भएका छन्। चलचित्रमा शनायासँग लक्ष्य लालवानी र गुरफतेह पीरजादालाई पनि देखिनेछ। चलचित्र शशांक खेतानको निर्देशनमा बन्नेछ। चलचित्रको पोस्टर समेत सार्वजनिक भइसकेको छ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×