प्लेयर टू वाच: राफायल भरान, फ्रान्स

काठमाडौँ - रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका २९ वर्षीय राफायल भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन। चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाएका थिए।

भरानले यति धेरै खेल गुमाएको ७ वर्षअघि सन् २०१४-१५ को सिजनमा मात्र थियो। यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई आशावादी बनाएका छन्। गत सिजन फ्रान्सका लागि पनि उनले धेरै खेलहरू गुमाएका थिए। जसमा गत जुनमा नेसन्स लिगका चारमध्ये ३ खेल गुमाएका थिए। चोटले सताए पनि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले भरानलाई नै टोलीको रक्षापंक्तिको मुख्य खम्बा मान्छन्।

कम उमेरमा नै फ्रान्सका लागि ८६ खेलको अनुभव सँगाली सकेका भरानले विश्वकपका साथै ४ वटा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। उनले २१ वर्ष ६ महिनाको उमेरमा उनले सबैभन्दा कान्छो उमेरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेको कीर्तिमान पनि बनाइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×