काठमाडौँ - जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिखले जित हात पारेकाे छ। उसले घरेलु टोली होफिनहेइमविरुद्ध २-० को सहज जित हात पारेको हो।
रेन-नेकर-एरिनामा बायर्नलाई जित दिलाउन जमाल मुसियला र एरिक म्यक्सिम चौपो-मोटिन्गले १/१ गाेल गरेका थिए। खेलकाे १७ औं मिनेटमा मुसियलाकाे गाेलमार्फत बायर्नले सुरुवाती अग्रता लिएकाे थियाे।
३८ औं मिनेटमा माेटिन्गले गाेल गरेपछि पाहुना टाेलीले २-० काे सहज जित निकाल्यो। याे जितसँगै बायर्न ११ खेलमा २२ अंकका साथ दोस्रो स्थानमा रहँदा पराजित हाेफिनहेइम समान खेलबाट १७ अंकका साथ साताैं स्थानमा रहेको छ।