लिभरपुलले जित्यो काराबाओ कप

काठमाडौँ - इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता इएफएल कप (काराबाओ कप) को उपाधि लिभरपुलले जितेको छ। मंगलबार राति भएको फाइनल खेलमा लिभरपुलले प्रिमियर लिगको बलियो प्रतिस्पर्धी टिम चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० को गोलअन्तरमा हराएर उपाधि जितेको हो। वेम्बली रंगशालामा भएको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेल थप समय हु”दै पेनाल्टी सुटआउटसम्म लम्बिएको थियो।

निर्धारित समयमा दुवै पक्षबाट गरी तीन वटा गोल भिआरले रद्द गरिदिँदा खेलको नतिजा पेनाल्टी सुटआउटको सडन डेथबाट लिनुपरेको थियो। जहाँ दुवै टिमका एघार–एघार खेलाडीले पेनाल्टी प्रहार गर्दा जम्मा २२ पेनाल्टी प्रहार भएको थियो। तर, चेल्सीका गोलकिपरले आफ्नो पेनाल्टी गोलपोस्टको फ्रेमभन्दा माथि हानेपछि लिभरपुलले खेल ११–१० ले जित्दै उपाधि पनि जित्न सफल भयो।

शुरुआती पाँच–पाँच पेनाल्टीमा दुवै टिमका सबै खेलाडी शतप्रतिशत गोल गर्न सफल भएका थिए। त्यसपछि सडन डेथ शुरु भयो। जहाँ लिभरपुलका ६ खेलाडीले सडन डेथमा पनि गोल गरे। तर, चेल्सीका गोलकिपर किपाले हानेको बल आकाशतिर उडाएपछि खेल लिभरपुलले ११–१० ले जित्यो। १०–१० जना खेलाडीले पेनाल्टी प्रहार गरेपछि अन्त्यमा दुवै टिमका गोलकिपरले पनि पेनाल्टी हानेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×