काठमाडौँ - फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ। कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन्।
२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन्। २०१९ मा सेभियाले युरोपा लिग उपाधि जित्दा कोउन्डे टोलीका सदस्य थिए।
कोउन्डेलाई यसअघि इङ्ग्लिस क्लब चेल्सीले ५ वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो। बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ।