मृतकको क्षतिपूर्तिमासमेत बिचौलियाको दबदबा

काठमाडौँ - वैदेशिक रोजगारीका क्रममा चार वर्ष अगाडि दुबईमा मृत्यु भएका धनुषाका शैलेश चौधरीको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध क्षतिपूर्तिले निकै राहत मिल्यो। सडक दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो। पाँच महिनापछि मात्र उनको शव नेपाल ल्याइएको थियो।

मृतकको परिवारले बोर्डमार्फत उपलब्ध गराउँदै आएको क्षतिपूर्तिका लागि गाउँकै पदम भनिने पिन्टु साहमार्फत आवेदन दिएको थियो। आवेदन दिएको एक हप्तामै पीडित परिवारले क्षतिपूर्तिस्वरुप रु. पाँच लाख पाएको थियो। सो रकमबाट साहुसँग लिएको रु. चार लाख कर्जा चुक्ता गरिएको मृतककी श्रीमती जयन्ती साह बताउँछिन्। बाँकी रकमबाट केही समय परिवार चलेको उनले सुनाएन्। हाल उनले ज्याला मजदूरी गरेर पाँच जनाको परिवार धान्दै आएकी छन्।

बोर्डले भने मृतकका परिवारलाई क्षतिपूर्तिबापत रु. सात लाख उपलब्ध गराउँदै आए पनि  उनी सो विषयमा अनविज्ञ देखिएकी छन्। यसरी हेर्दा पिण्टुले क्षतिपूर्ति लिन बिचौलियाको भूमिका खेलेर साहको परिवारसँग रु. दुई लाख ठगी गरेको देखिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×