‘कन्नडालाई विश्वमा चिनाउने मेरो सपना पूरा भयो’ : यश

काठमाडौँ– यसवर्षको प्रतीक्षित फिल्महरु मध्येको एक ‘केजीएफ : च्याप्टर २’ हो। यसको ट्रेलर सार्वजनिक भएसँगै चर्चा सुरु भइसकेको छ।

फिल्ममा मुख्य भूमिकामा छन् यश। फिल्मको कथालाई उनकै यात्रा मार्फत अगाडि बढाइएको छ। रकीको भूमिकामा यशले फ्यानको मन जितेका छन्। उनलाई फ्यानले ‘रकी भाइ’ भन्ने गरेका छन्। 

यशले पनि फिल्म मार्फत आफूले पाएको सफलतालाई बुझेका छन्। उनले ट्रेलर रिलिज इभेन्टमा कुराकानी गर्दै आफ्नो सपना पुरा भएको बताएका छन्। ‘मेरो फिल्म उद्योग कन्नडालाई विश्वमा चिनाउने सपना थियो। त्यसलाई केजीएफले केही हदसम्म पुरा गरेको छ। जब हामीसँग प्रशान्त जस्ता निर्देशक हुन्छन्। सपना पुरा हुन् समय लाग्दैन’ यशले भने।

उनले केजीएफलाई पूर्ण रुपमा निर्देशकको सोच अनुसारनै तयार गरिएको बताए। ‘यसमा निर्देशकको सोच छ। निर्माताको लगानी छ। हामी त केवलसँगै उभिएका मात्र हौँ’ यशले भने। यशले केजीएफ मार्फत कन्नडा फिल्म उद्योगलाई पनि विश्वले रेस्पेक्ट गर्न लागेकोमा खुशी व्यक्त गरे। फिल्ममा अधीराको भूमिकामा देखा पर्ने अभिनेता संजय दत्तले आफु केजीएफमा जोडिन पाउँदा खुशी लागेको बताए। 

‘यो फिल्मले मलाई मेरो डेब्यु समयमा फर्कायो। यो हिरो भएको फिल्म हो। यसलाई हेर्दा फिल्म हेरे जस्तो लाग्छ’ संजयले भने। उनले रकी क्यारेक्टर आफ्नो मनको नजिक रहेको समेत बताए। ‘रकी मेरो डेब्यु फिल्म हो। त्यसैले यो मेरो मनको नजिक छ’ संजयले भने। ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ। पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ। किनकी यस पटक दर्शकको अपेक्षा झनै बढेको छ।

यसै फिल्म मार्फत यश कन्नडा फिल्मबाट हुँदै भारतकै स्टार बनेका छन्। उनको क्रेज विश्वभर बढेको छ। फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, संजय दत्त, रविना टन्डन , प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ। पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई नै बलिउडमा चिनाएको हो। कन्नडा भाषामा बनेको यो फिल्मलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ। 
श्रोत : खबरहब
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×