काठमाडौँ - बलिउड स्टार रणवीर कपूर र आलिया भट्ट विवाह बन्धनमा बाधिँदैछन्। १४ अप्रिलमा उनीहरूको विवाह हुने भएको हो। यतिबेला विवाहसँगै फ्यान तथा मिडियाको चासो भने उनीहरूको हनिमुन डेस्टिनेशन रहेको छ। भारतीय मिडियाका अनुसार रणवीर र आलिया हनिमुनका लागि साउथ अफ्रिका जाँदैछन्।
साउथ अफ्रिका रणवीर र आलिया दुवैको फेभरेट हलिडे डेस्टिनेशन हो। त्यसमा पनि आलिया त साउथ अफ्रिकालाई आफ्नो लक्की डेस्टिनेशन मान्छिन्। केही वर्षअघि फिल्म ब्रह्मास्त्रको छायाङ्कनको क्रममा आलिया बिरामी परेकी थिइन्। ब्याक टु ब्याक सेड्युलमा काम गर्नुपरेपछि आलिया केही दिनको ब्रेक लिएर साउथ अफ्रिका गइन्।
हलिडे मूडमा भएकी आलियालाई त्यहीँ पुगेर रणवीरले प्रोपोज पनि गरेछन्। आलियाको सानैदेखिका क्रश हुन् रणवीर। आलियाले रणवीरको प्रेम प्रस्ताव स्वीकारिन्। त्यसैको परिणामस्वरूप अबको चार दिनमा उनीहरू विवाहित जोडी हुँदैछन्। आलिया विवाहपछिको केही समय साउथ अफ्रिकामा बिताउन चाहन्छिन्। उनीहरू दुवैलाई वाइल्ड लाइफ एक्स्प्लोर गर्न पनि मनपर्छ। त्यसैले साउथ अफ्रिका उनीहरूका लागि उत्कृष्ट गन्तव्य हुनेछ।