काठमाडौँ। दक्षिण भारतीय कलाकार धनुषको आउँदो चलचित्र 'मारन' डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले चलचित्र ११ मार्चबाट ओटिटिमार्फत प्रदर्शनमा ल्याउन लागेको हो। पत्रकारिता सम्बन्धी चलचित्र एक्सन विधामा आधारित रहेको छ। हालै चलचित्रको ट्रेलर समेत सार्वजनिक गरिएको छ। ट्रेलर डिज्नी प्लस हटस्टार तामिलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्र कार्थिक नरेनको निर्देशनमा बनेको हो।
ट्रेलर: