'परस्त्री'को छायांकन शुरु

काठमाडौँ। नेपाली चलचित्र 'परस्त्री'को छायांकन शुरु भएको छ। सुरज पाण्डेको निर्देशनमा बन्न लागेको पहिलो चलचित्रको छायांकन ललितपुरको बगलामुखी मन्दिरमा शुभमुहुर्तसँगै गरिएको हो। 

आइतबार शुभमहुर्त गरेपछि निर्माण टोली छायांकनका लागि मुस्ताङमा गाएको छ। चलचित्रको गीत र केही दृश्य मुस्ताङमा छायांकन गरेपछी बाँकीको छायांकनका लागि टोली काठमाडौं फर्किने बताईएको छ।दिपेन्द्र के खनालको लेखन रहेको चलचित्र डार्क थ्रिलर विधामा आधारित रहेको छ। डीएस डिजिटलको ब्यानरमा बन्न लागेको यो चलचित्रमा कोसिस क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रलाई नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ। चलचित्र आउँदो कात्तिक ६ देखि प्रदर्शनमा आउने बताईएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×