अजय देवगनको 'मेडे’को नाम परिवर्तन

भारत। बलिउड अभिनेता अजय देवगनको आउँदो चलचित्र ‘मेडे’को नाम परिवर्तन गरिएको छ। चलचित्रको नयाँ नाम ‘रनवे ३४’ राखिएको छ। चलचित्रको निर्देशन अजय देवगनले नै गर्दैछन्। चलचित्रमा अजयका अलावा अमिताभ बच्चन र रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा रहेका छन्। आफ्नो सामाजिक सञ्जालको मार्फत अजयले यो कुराको जानकारी दिएका हुन्। उनले लेखेका छन् "मेडे अब रनवे ३४ भएको छ। यो सत्य घटनामा आधारित एक थ्रिलर चलचित्र हो।"  सत्य घटनामा आधारित रहेको यस चलचित्र आउँदो वर्ष अप्रिल २९ मा रिलिज हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×