`प्रेम गीत ३´को प्रदर्शन मिति पुनः स्थगित

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र `प्रेम गीत ३´को प्रदर्शन मिती पुन: रोकिएको छ। कोरोना महामारीको बढ्दो त्रासका कारण चलचित्रको प्रदर्शन मिती स्थगित भएको निर्माण पक्षले जनाएको छ। फागुन १३ मा प्रदर्शनमा आउने भनिएको चलचित्र प्रदर्शन मिती स्थगित भएको चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले सोमवार सामाजिक सञ्जालमार्फत जनाएका हुन्। निर्माता सन्तोष र छेतान गुरुङको संयुक्त निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ,  माओत्से गुरुङ आदि कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक सेनले सञ्जालमा लेखेका छन्, "भारत बजारका वितरक समुहले दिएको सल्लाह-सुझावलाई मनन् गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेकोले नेपाल र भारतमा अलग-अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकोले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्तावलाई स्विकार गर्दै अनिश्चितकालको लागि प्रदर्शन मिति स्थगित गरेका छौं।"

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×