कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

काठमाडौँ । कालीकोटमा इँटा उद्योग सञ्चालनमा आएको छ। जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको हो। 

कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालीकोट र दैलेखलाई लक्षित गरेर कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा आएको छ। जिल्लाको तिलागुफा नगरपालिका–९ चिल्खायाका चारजना स्थानीय युवाले सो उद्योग सञ्चालनमा ल्याएका हुन्। करिब रु. ३० लाखको लागतमा सो उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज शाहीले बताए। “इँटा उत्पादन सुरु भएको छ”, उनले भने, “अहिलेसम्म करिब एक लाख ५० हजार इँटा उत्पादन भइसकेको छ। अब बिक्रीका लागि मागअनुसार उत्पादन गर्ने तयारीमा छौँ।”

छिटो, छरितो, आकर्षक र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि यो इँटा निकै उपयोगी रहेको उद्योग सञ्चालक शाहीको भनाइ छ। रातो इँटाको लागत प्रतिइँटा रु. २४-२५ पर्ने उनको भनाइ छ। सो उद्योगमा २७ जनाले रोजगारी पाएका छन्। तराईका जिल्लाबाट ढुवानी गरी ल्याउँदा महँगो पर्ने भएकाले यहाँ उत्पादित इँटा प्रयोग गर्दा सहज र सस्तो हुने उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×