काठमाडौँ । नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ।
पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो। आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ। सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए।
मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ। यस्तै उक्त बैठकले नेकपा (एमाले)मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ।